खलङ्गामा उच्च गतिको फाइबर इन्टरनेट सेवा विस्तार
जुम्ला । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा इन्टरनेट सेवा विस्तार गरेको छ। बुधवार खलङ्गामा एक कार्यक्रमको आयोजना गरी एफटीटीएच फाइबर इन्टरनेट सेवाको उद्घाटन गरिएको हो।
सेवाको उद्घाटन अध्यक्ष दिलीप अग्रवाल र लगानीकर्ता ब्रिटिस इन्भेस्टमेन्ट कम्पनी (विविआई) प्रतिनिधि श्रीनीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । अग्रवालले जुम्लामा यो सेवा प्रवाह गर्नु खुसीको कुरा भएको बताए।
उनले काठमाडौँकै गतिको इन्टरनेट सुरुवात भएको जनाए। यो सेवामा कर्णाली प्रदेशलाई जोड्ने तयारी छ। सेवा विस्तार गर्ने क्रममा मुगु, हुम्ला र डोल्पा जिल्लामा पनि काम गर्ने योजना छ। वर्ल्डलिंकका महाप्रवन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार नभई गुणस्तरीय सेवा प्रवाह हुने बताए।जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिंकको बुधवारबाट सुरुवात गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण