घरेलुका प्रमुख दुई लाखसहित पक्राउ
बुधबार, १६ फागुन २०७४, २१ : ३५
लहान । घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र लाल कर्ण कार्यालय परिसरमा रहेको क्वार्टरबाट सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँसहित बुधबार साँझ पक्राउ परेका छन् ।
अ
ख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले कर्णलाई क्वार्टरमा लुकाएर राखेको दुई लाख रुपैयाँसहित साँझ ६ बजेतिर पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश चन्दले कर्णलाई लहान १० ग्रामीणस्थित कार्यालय परिसरमा रहेको क्वार्टरमाबाट अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए ।
कर्णले बुधबार अपरान्ह नाम नखुलेको गैरसरकारी संस्थाका प्रतिनिधिसँग कार्यालय समयमै सीपमूलक तालिम संचालन गर्न दिने शर्तमा दुई लाख रुपैयाँ घुस लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण