आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बिहीबार, ०२ चैत २०७९, ०८ : ०८
बिहीबार, ०२ चैत २०७९

एजेन्सी । इटालियन क्लब नापोली युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 राउण्ड अफ १६ अन्तर्गत बुधबार राति जर्मनीको फ्रान्कफुर्टलाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसहित नापोली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो ।
 
दोस्रो लेगको खेलका पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६४ औं मिनेटमा पिओट्र जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३–० को जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप