सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खरको घरको कहर ‘अब चुहिने घरमा बस्ने दिने गए’

बिहीबार, ०२ चैत २०७९, ०९ : ४३
बिहीबार, ०२ चैत २०७९

दाङ । सेतो चुनको भित्ता, टलक्क टल्किएको टिनको छानो, सिमेन्टले पोतेको पेटी, चिर्पटले बेरेको माथिल्लो तलाको यो घर बंगलाचुली गाउँपालिका वडा नं. ८ का लोकेन्द्र बहादुर गाहा मगरको हो । 

यो घरको रङ र रूप पहिलो यस्तो थिएन । कमेरोले पोतेको माटो भित्ता, खरले छाएको छानो, माटो र ढुङ्गाले बनेको पेटी । बर्खाले सधैँ  चुहिने छानो, चुहिएको पानीले सधैँ भित्ता भिजाउने । चुहिने छानाको पानीले गाह्राको  घरको भित्ता मात्रै होइन, मनलाई समेत भिजाउँथ्यो । 

वर्ष दिन भयो न उनको घर भिजेका छन् । न उनको मन । टल्लक टल्किएको टिनको छानोसँगै उनको मन पनि खुसीले फुरुङ्ग बनेको छ । उनले भने–‘घरको छानोमा कहिले टिन लाग्ला भन्ने लाग्थ्यो । बर्खामा छानो चुहिदा जता आेभाना उस्तै सर्दै, पानी  फाल्दै वर्षाैं बितायौँ ।’ खरको घरमा कष्टकर कहर उनले वर्षाै बिताए । गरिबिका कारण चुहिने छानोमा आधा जीवन नै बिताएका उनले अहिले सरकारले खरको छानोमा टिन (जस्तापाता) लगाइदिँदा घरका दुरावस्था मात्रै होइन छानोले दिएको जीवनभरको दुःख नै फेरिएको उनले बताए । 

बंगलाचुली गाउँपालिका दाङको दुर्गम पहाडी क्षेत्र हो । जहाँ विपन्न बस्ती समुदायको बसोबास बाक्लो छ । दुर्गमवासीको दुःख मध्येकै एक हो खरको छानो । साँझ बिहानको दुई छाकको मानोको जोहो जसोतसो जोहो गरे पनि छानो फेर्न नसकेका विपन्न बस्ती समुदायको छानो सरकारले फेरिदिँदा उनीहरूलाई जीवन नै फेरिएको अनुभूति सुनाउँछन् । सोही ठाउँका निमबहादुर बाठाले भने–‘ बर्खाले चुहिने डर, हिउँद लागे आगलागीको जगजगी कहिले मनबाट छुटेन । खरको घरको बास सधैँ डर त्रासले रातदिन कटाउनु पथ्र्याे ।’ 

kharko chano

बाठा र गाहा मात्रै होइन बंगलाचुली गाउँपालिकावासीमा करिब यो खुसी ६ सय जनामा भेटिन्छ । गाउँपालिकाका ८ वटा वडाभित्र रहेका करिब २ हजार २ सय खरका छानो फेर्ने योजनाका साथ स्थानीय सरकारले  चालु आर्थिक वर्ष ६ सय घर खरको छानो मुक्त बनाउने योजनाका साथ तीव्रताका साथ काम अघि बढाएको छ । दुर्गम पहाडी क्षेत्रमा खरको छानोका कारण बर्सातमा घर चुहिने र भत्किने र हिउँदमा आगलागीको जोखिममा पर्ने भएकाले उक्त जोखिमबाट जोगाउन स्थानीय सरकारले उक्त योजना सुरु गरेको गाउँपालिका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत गाउँपालिका ९ सय घर र घरको छानो विस्थापन कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम थालनी गरिएको उनले बताए । उनले भने–‘ खरको कहर हटाउने स्थानीय सरकारको लक्ष्य हो ।’ 

दुर्गम पहाडी क्षेत्रका नागरिकको दुई छाक मानोको जोहो गर्न मुस्किल पर्ने अवस्थाका नागरिकहरूको लागि छानो फेर्ने योजनाले ठुलो राहत पुु¥याएको उनको भनाइ छ । सुरक्षित बसोबास व्यवस्थापन र निर्माणमा स्थानीय सरकारले सहयोग पुु¥याउदा विपन्न बस्ती समुदायको सुरक्षित बसोबाससँगै अन्य आयआर्जनका पेसामा जोडिन सक्ने उनको भनाई छ । सुरक्षित बसोबास नागरिकको प्राथमिकता पर्ने भएकाले स्थानीय सरकारले उक्त योजना अघि सारेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप