चिनियाँ राष्ट्रपतिद्वारा विश्वव्यापी सभ्यता पहलको प्रस्ताव
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वव्यापी सभ्यता पहल (ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ) को प्रस्ताव अघि सारेका छन् । सीपीसीद्वारा आयोजित विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै राष्ट्रपति सीले सभ्यताको विविधताको सम्मान गर्न, मानवताको साझा मूल्यहरूको वकालत गर्न, सभ्यताको विरासत र नवीनताको उच्च मूल्याङ्कन गर्न र बलियो अन्तर्राष्ट्रिय जनता-जनताबीचको आदानप्रदान र सहयोगको संयुक्त वकालत गर्न आह्वान गरेका हुन्।
उच्चस्तरीय बैठकलाई विभिन्न राजनीतिक दल र राजनीतिक संगठनका नेताहरूले पनि सम्बोधन गरेका थिए । उनीहरूले राष्ट्रपति सीका प्रस्तावहरूको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका थिए । सम्बोधनमा सीले विश्वका राजनीतिक दलहरूलाई आफ्नो राष्ट्रिय आधुनिकीकरणको अभियानसँग आफ्नो विकासलाई घनिष्ट रूपमा एकीकृत गर्न आह्वान गरे । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव समेत रहेका सीले भने, ‘हामीलाई कस्तो आधुनिकीकरणको खाँचो छ र हामीले यसलाई कसरी हासिल गर्न सक्छौँ भन्ने जस्ता प्रश्नको जवाफ दिँदै राजनीतिक दलहरूले एक महत्वपूर्ण शक्तिको रूपमा आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउनु पर्छ।’
चिनियाँ राष्ट्रपतिले राजनीतिक दलहरूलाई जनतालाई पहिलो स्थानमा राख्न र आधुनिकीकरण जनतामा केन्द्रित गर्न आह्वानसमेत गरे। स्वतन्त्रताको सिद्धान्तलाई कायम राख्न र आधुनिकीकरणतर्फ विविध मार्गहरू खोज्न पनि उनको सुझाव थियो । ‘कुनै पनि देशले आधुनिकीकरण हासिल गर्नको लागि प्रक्रियालाई नियन्त्रित गर्ने सामान्य कानूनहरू मात्र पालना गर्नु आवश्यक छैन, आफ्नै राष्ट्रिय अवस्था र अद्वितीय विशेषताहरूलाई विचार गर्न आवश्यक पनि उत्तिकै आवश्यक छ,’ सीले भने, ‘आधुनिकीकरण हाम्रो काखमा स्वतः खस्दैन । यो बलियो ऐतिहासिक पहलका साथ कडा परिश्रमको परिणाम हो,’ सीले भने, ’राजनीतिक दलहरूले आफ्नो राष्ट्रिय आधुनिकीकरणको अभियानसँग आफ्नो विकासलाई घनिष्ट रूपमा एकीकृत गर्नुपर्छ । जसले गर्दा निरन्तरताको मार्गलाई अघि बढाउन सकिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिकीकरणको चिनियाँ मार्गमार्फत चिनियाँ राष्ट्रको पुनर्जागरणलाई सबै मोर्चामा अगाडि बढाउने प्रस्ताव गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण