शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सेनाको हेलिकोप्टर दुर्घटना, खोजी अभियान जारी

बिहीबार, ०२ चैत २०७९, १४ : ३४
बिहीबार, ०२ चैत २०७९

भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ । समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । 

स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो । होलिकोप्टरमा  लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । खोजी अभियान चलिरहेको छ । 

हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग सम्पर्क टुटेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप