५ अंकले घटेर नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
५ अंकमाथिले घटेको बजारमा आज १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १४ अंकले नेप्से घटेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७६ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण