५ अंकले घटेर नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा ५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५.३२ अंकले घट्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५१ अंकले घट्दै ३६४.७८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
५ अंकमाथिले घटेको बजारमा आज १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १४ अंकले नेप्से घटेको बजारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७६ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य