कसरी बन्छ कानुन ? ओलीले पढाए कानुनकै विद्यार्थीलाई !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन कसरी बनाइन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई पढाएका छन् । बिहीबार अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउन सक्ने भन्दै त्यसका आआफ्नै प्रक्रिया रहेको बताए ।
‘अहिले तीन तहका सरकार भनेका छौ हामीले । अहिले संघीय तहमा कानुन निर्माण हुन्छ, प्रदेश तहमा हुन्छ र स्थानीय तहमा कानुन निर्माण हुन्छ’, ओलीले भने, ‘तर आ आफ्नै रुल के हो भने संविधानभन्दा बाहिर गएर कानुन निर्माण गर्न पाइँदैन ।’
उनले संविधान वमोजिम संघीय संसदले कानुन बनाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले परित गरेपछि त्यसलाई राष्ट्रपतिले लालमोहोर लगाएपछि त्यो कानुनका रुपमा जाने बताए । उनले सोही कानुनसँग नबाझिनेगरी प्रदेश र स्थानीय तहहरुले पनि कानुन बनाउन सक्ने बताए । उनले कानुन निर्माणका सन्दर्भमा दुईवटा फिलोसफी रहेको पनि बताए । ‘एउटा नेचुरल फिलोसफी अर्थात थेउरी अफ नेचुरल प्रोसेस अर्को पोजेटिभ थेरी’, ओलीको भनाइ छ । नेचुरल थ्यौरी भनेको आफै स्वतह कानुन निर्माण हुदै र विकसित हुदै जाने कुरा रहेको तथा यत्नवश, प्रयत्नवश संस्थाहरुले कानुन निर्माण गर्ने भनेर निर्माण हुने कानुनलाई जनाउने ओलीले बताए । उनले यी दुवै फिलोसफी ठिक फिलोसफी रहेको पनि बताए ।
त्यसक्रममा ओलीले विश्वका कुन कुन कानुन कसरी बने भनेर व्याख्या समेत गरेका थिए । उनले २०,२२ हजार पहिला मानिस पशुपालनतर्फ प्रवेश भएको र त्यसैवेला कुकुरको छाउरोलाई मानिसले आफुसँग राख्दा मानिससँग वफादार भएको इतिहास बताउदै त्यसपछि उ हिंस्रक नभएर अरु खतराबाट जोगाउ सक्ने जनवारका रुपमा चिनेर ज्ञान हुन थालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण