शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी बन्छ कानुन ? ओलीले पढाए कानुनकै विद्यार्थीलाई !

बिहीबार, ०२ चैत २०७९, १६ : ०९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन कसरी बनाइन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई पढाएका छन् । बिहीबार अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउन सक्ने भन्दै त्यसका आआफ्नै प्रक्रिया रहेको बताए । 
‘अहिले तीन तहका सरकार भनेका छौ हामीले । अहिले संघीय तहमा कानुन निर्माण हुन्छ, प्रदेश तहमा हुन्छ र स्थानीय तहमा कानुन निर्माण हुन्छ’, ओलीले भने, ‘तर आ आफ्नै रुल के हो भने संविधानभन्दा बाहिर गएर कानुन निर्माण गर्न पाइँदैन ।’

उनले संविधान वमोजिम संघीय संसदले कानुन बनाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले परित गरेपछि त्यसलाई राष्ट्रपतिले लालमोहोर लगाएपछि त्यो कानुनका रुपमा जाने बताए । उनले सोही कानुनसँग नबाझिनेगरी प्रदेश र स्थानीय तहहरुले पनि कानुन बनाउन सक्ने बताए ।  उनले कानुन निर्माणका सन्दर्भमा दुईवटा फिलोसफी रहेको पनि बताए । ‘एउटा नेचुरल फिलोसफी अर्थात थेउरी अफ नेचुरल प्रोसेस अर्को पोजेटिभ थेरी’, ओलीको भनाइ छ । नेचुरल थ्यौरी भनेको आफै स्वतह कानुन निर्माण हुदै र विकसित हुदै जाने कुरा रहेको तथा यत्नवश, प्रयत्नवश संस्थाहरुले कानुन निर्माण गर्ने भनेर निर्माण हुने कानुनलाई जनाउने ओलीले बताए । उनले यी दुवै फिलोसफी ठिक फिलोसफी रहेको पनि बताए । 

त्यसक्रममा ओलीले विश्वका कुन कुन कानुन कसरी बने भनेर व्याख्या समेत गरेका थिए । उनले २०,२२ हजार पहिला मानिस पशुपालनतर्फ प्रवेश भएको र त्यसैवेला कुकुरको छाउरोलाई मानिसले आफुसँग राख्दा मानिससँग वफादार भएको इतिहास बताउदै त्यसपछि उ हिंस्रक नभएर अरु खतराबाट जोगाउ सक्ने जनवारका रुपमा चिनेर ज्ञान हुन थालेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप