सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक

बिहीबार, ०२ चैत २०७९, १६ : ३६
बिहीबार, ०२ चैत २०७९

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो ।  जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ–‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्दक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सिर्जनशिलताको विकासको आधार ठान्दछ ।’ नेविसंघले सबै विद्यार्थीहरुको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरुलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने संकल्पसमेत लिएको छ । 

नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रावृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका संकल्प लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेक मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउने अठोट लिएको छ । 

घोषणापत्रमा नेविसंघले ‘के गर्ने’ र के नगर्ने भन्दै नीतिगत घोषणापनि गरेको छ । जसअनुसार गर्ने कुरामा विश्वविद्यालय ऐन निर्माणको नेतृत्व गर्ने, सस्टेनेवल प्राक्टिसेस र वातावरण संरक्षण अभियानको नेतृत्व गर्ने, महँगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्ने, सबै शिक्षालयमा स्टुडेन्ट रिसर्च युनिटको स्थापना गर्ने कुरा छ । यस्तै, नगर्ने कुरामा भने विद्यार्थीको सामूहिक हितविपरित कुनैपनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता नगर्ने, कुनैपनि दुव्र्यवहार, सामाजिक असंगतीलगायतको गतिविधिमा संलग्नता नगर्ने कुरा छन् । 

नेविसंघले स्ववियु निर्वाचन–२०७९ का नाराहरुसमेत तय गरेको छ । जसमा ‘ज्ञान, विज्ञान, विवेक र चेतनाको रंग, सम्पूर्ण विद्यार्थीको साथी नेविसंघ’, सबैको पहुँचमा शिक्षा, पूर्ण साक्षरता नेविसंघको इच्छालगायतका विषय छन् ।  नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भएपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए । अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा विविध समस्या देखापरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप