आईसीसी विश्वकप लिग–२
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
बिहीबार, ०२ चैत २०७९, १७ : ३८
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युएइविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो ।
यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०/५० रन बनाए ।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण