सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त

सोमबार, ०१ असार २०८३, १२ : ४३
सोमबार, ०१ असार २०८३

सारांश

  • नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रमण पराजुली दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।
  • कम्पनी सञ्चालक समितिको शुक्रबारको बैठकले पराजुलीलाई चार वर्षको लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो ।
  • यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ रहेका पराजुली वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यक्ति हुन् ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई सीइओको अर्को कार्यकालका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ र

पराजुली २०७९ साउनमा नेपाल लाइफको सीइओमा पहिलोपटक नियुक्त भएका थिए ।

वित्तीय क्षेत्रमा दुई दश‍क बढीको अनुभव भएका पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ थिए।

शुक्रबार नै बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा प्रवीन प्रकाश क्षेत्रीलाई नियुक्त गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप