सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए ।
‘सार्वभौम सत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उनले यस्तो भनेको सरकारले सुनेको छ कि छैन भन्दै प्रश्न गरे ।
‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन ?’, ओलीले प्रश्न गर्दै भने, ‘यहीँ प्रचारको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइनभने जनताले प्रतिवाद गर्छ ।’
उनले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताए ।
‘लडेर बनाएको र बचाएको देश हो यो । यस देशको हावा र पानी खाएर, देशको सास फेरेर जन्मिएको मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाइदिऊ ?’,ओलीको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण