बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन : केपी ओली

शुक्रबार, ०३ चैत २०७९, १६ : १३
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध कोही बोल्दै र चम्कँदै हिँड्छ भने जनताले त्यसै नछोड्ने चेतावनी दिएका छन् । 

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनका नेताहरुतर्फ लक्षित गर्दै सार्वभौम सत्ता सम्पन्न राष्ट्रविरुद्ध बोल्ने कसैलाई छुट नभएको बताए ।   

‘सार्वभौम सत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उनले यस्तो भनेको सरकारले सुनेको छ कि छैन भन्दै प्रश्न गरे । 

‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन ?’, ओलीले प्रश्न गर्दै भने, ‘यहीँ प्रचारको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइनभने जनताले प्रतिवाद गर्छ ।’

उनले राष्ट्रियताका विरुद्ध, राष्ट्रको अस्तित्वको विरुद्ध र राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्कँदै हिँड्छ भने कुनै बैंकका डिफल्टर हुन् कि जोसुकै हुन् जनताले सहन नसक्ने बताए ।

‘लडेर बनाएको र बचाएको देश हो यो । यस देशको हावा र पानी खाएर, देशको सास फेरेर जन्मिएको मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाइदिऊ ?’,ओलीको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप