विराटनगरस्थित नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियु निर्वाचन अन्योल
शुक्रबार, ०३ चैत २०७९, १७ : १८
विराटनगर । क्याम्पस प्रशासन र निर्वाचन समितिले मिलेमतो गरेको आरोप लगाउँदै नेविसंघले विराटनगरस्थित नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ ।
नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एमाले निकट अनेरास्ववियुलाई जिताउने गरी ‘सेटिङ’ गरेको भन्दै तालाबन्दी गरिएको बताए । अहिले कायम रहेको निर्वाचन समिति भंग गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।
१८५ जना विद्यार्थी रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसंघले उम्मेदवारी दिएका थिए । नेविसंघले तालाबन्दी गरेसँगै चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन प्रभावित हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण