स्ववियु निर्वाचनको दिन कलेजमा पानीको बोतलदेखि औषधीसम्म लैजान प्रतिबन्ध
काठमाडौँ । स्ववियु निर्वाचनको दिन कलेजमा विभिन्न सामाग्री लैजान प्रतिबन्ध लगाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी तथा खेलकुद निर्देशनालयले कलेजहरूलाई निर्देशन दिँदै मतदानको दिन विभिन्न वस्तु लैजान रोक लगाएको हो ।
मतदानको दिन तरल पदार्थहरू पानीका बोतल, पेट्रोलियम पदार्थ, मादक पदार्थ, औंषधीजन्य वस्तु, सिसाका बोतल, रंगरमसी जस्ता तरल पदार्थ लैजान प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै नङकट, धारिलो हतियार, खुकुरी, भाला, छुरी, चक्कु जस्ता धातुजन्य वस्तु समेत लैजान रोक लगाइएको हो।
त्यस्तै मोबाइल, झोला, क्यामेरा, लाठी, हेल्मेट , छाता, मोटरसाइकल वा साइकलका चेन जस्ता डिजिटल बस्तु तथा कडा खालका बस्तु समेत रोक लगाइएको छ।
लाइटर, सलाई, ग्यास जस्ता आगोजन्य वस्तु समेत लैजान रोक लगाइएको हो। सोही आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशनालयले सबै कलेज तथा क्यामराहरूलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण