यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्यो : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् ।
शुक्रवार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रुपमा रहएको बताए । उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए ।
त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिए । उनले यादवको विजयमा गठबन्धन दलहरु खुसी भएको बताए ।
उनले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई नेपाली काँग्रेस पार्टीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण