मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन माग
बुटवल । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै महासंघको जिल्ला कार्यसमितिले सरकारले किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा मलमा अनुदान कटौतीले हतोत्साही तुल्याएको जनाएको छ ।
माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण