मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन माग

बुटवल । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै महासंघको जिल्ला कार्यसमितिले सरकारले किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा मलमा अनुदान कटौतीले हतोत्साही तुल्याएको जनाएको छ ।
माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख