सुकुना क्याम्पसमा स्ववियु निर्वाचनको विवाद सल्टियो
विराटनगर । सुकुना बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचनको प्रक्रियाको विषयलाई लिएर उच्च अदालतमा अनेरास्ववियुले मुद्दा दर्ता गरेसँगै निर्वाचन नहुने हो कि भन्ने आशङ्का थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दामा कुनै अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ ।
अनेरास्ववियुका मोरङ अध्यक्ष तुलसी घिमिरेले सुकुना क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचन प्रक्रियाको विषयमा क्याम्पस प्रशासन र निर्वाचन समितिलाई विपक्षी बनाई उत्प्रेषणयुक्त परमादेशको माग गर्दै मुद्दा दर्ता गरेका थिए । अनेरास्ववियुले गठबन्धनको नाममा चुनाव लड्न नपाउने भन्दै मुद्दा दर्ता गरेको थियो ।
उच्च अदालतले भने गठबन्धनको नाममा चुनाव लड्न पाउने फैसला गरेको छ भने अनेरास्ववियुले नामको पछाडि एमाले लेख्न पाउने भएको छ । अदालतको फैसलासँगै नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनले अब संयुक्त वाम लोकतान्त्रिक विद्यार्थी गठबन्धनको नाममा चुनाव लड्नेछन् ।
अदालतको फैसला आएसँगै अब स्ववियु निर्वाचन हुने गठबन्धनबाट सभापतिका उम्मेदवार सन्तोष लिम्बूले बताए । अनेरास्ववियुले यसअघि निर्वाचन कार्यालयमा लगाएको तालाबन्दी पनि खोलेको उनले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण