पाँच किलो नुन ल्याउन अढाई हजार खर्च
कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।
नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो । 'मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,' केही दिनअघि मान्ममा भेटिएका उनले भने, 'पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो ।' कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण