फेसबुकमा फर्किए ट्रम्प, लेखे – आई एम ब्याक !
वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकमा हुनुहुन्छ। उनले शुक्रबार फेसबुकमा लेखेका छन्– आई एम ब्याक । जनवरी २५ मा, सोशल मिडिया कम्पनी मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गर्ने घोषणा गरेको थियो।
अमेरिकी संसदमा हिंसा भड्किएपछि कम्पनीले ६ जनवरी २०२१ मा ट्रम्पको खाता ब्लक गरेको थियो । अहिले २ वर्षपछि उनी पुन: फेसबुकमा फर्किएका हुन् ।

ट्रम्पको फेसबुकमा पुनरागमनको बारेमा मेटा ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भनेका थिए, ‘पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ नियमका साथ पुनर्स्थापित गरिनेछ, ताकि उनको पोस्टले फेरि हिंसा नभड्काओस्। उनको खाता हाम्रो सामुदायिक मानकहरूको अधीनमा छ। यदि उनीले फेरि हिंसा पोस्ट गरे भने ती पोस्टलाई यी प्लेटफर्महरूबाट हटाइनेछ। साथै उनको खाता पनि प्रतिबन्धित हुनेछ।‘
जनवरी ६, २०२१ मा सयौँ ट्रम्प समर्थकहरूले अमेरिकी संसदमा राष्ट्रपति चुनावको नतिजाको समयमा हिंसा गरेका थिए। जसमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । ट्रम्पमाथि समर्थकहरूलाई उक्साएको आरोप लागेको थियो। त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट सस्पेन्ड गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण