तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको जित
बुटवल । जिल्ला फुटबल सङ्घ रुपन्देहीको आयोजनमा बुटवलमा आजदेखि सुरु २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कपको सुरु भएको छ । बुटवल–११ देव नगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो । सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर–१९ का स्वाम्य हार्दिकले गोल गरे । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गरेको थियो ।
प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भएका छन् । आयोजक अनुसार भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री स्टारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्ड कपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण