बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको जित

शनिबार, ०४ चैत २०७९, २० : ३३
शनिबार, ०४ चैत २०७९

बुटवल । जिल्ला फुटबल सङ्घ रुपन्देहीको आयोजनमा बुटवलमा आजदेखि सुरु २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कपको सुरु भएको छ । बुटवल–११ देव नगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिम जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । 

शनिबार भएको खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो । सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर–१९ का स्वाम्य हार्दिकले गोल गरे । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गरेको थियो । 

प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भएका छन् ।  आयोजक अनुसार भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री स्टारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्ड कपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप