शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘महिलामाथि यौन हमला’ को टिप्पणीको मामिलामा राहुल गान्धीको घरमा पुग्यो प्रहरी

आइतबार, ०५ चैत २०७९, १२ : ४८
आइतबार, ०५ चैत २०७९

भारत जोडो यात्राका क्रममा ‘महिलामाथि हुने यौन उत्पीडन’ बारे गरेको टिप्पणीलाई लिएर आइतबार राहुल गान्धीको घरमा दिल्ली पुलिस पुगेको छ ।

दिल्ली पुलिसले राहुल गान्धीलाई उनको बयानमा नोटिस पठाएको छ जसमा उनीसँग केही प्रश्नहरूको जवाफ मागिएको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, विशेष आयुक्त (कानुन र व्यवस्था) सागर प्रीत हुड्डाको नेतृत्वमा दिल्ली पुलिसको टोली राहुल गान्धीको सरकारी निवास १२, तुघलक लेनमा पुग्यो ।

केही सामाजिक सञ्जाल पोस्टहरूलाई ध्यानमा राख्दै, दिल्ली पुलिसले राहुल गान्धीलाई ‘यौन उत्पीडनको गुनासो लिएर आएका महिलाहरूको बारेमा जानकारी’ माग्नका लागि नोटिस जारी गर्योो ।

दिल्ली पुलिस भन्यो, ‘राहुल गान्धीले आफ्नो भारत जोडो भ्रमणको क्रममा श्रीनगरमा ‘मैले सुनेको छु कि ती महिलामाथि अहिले पनि यौन हमला गरिँदै छ’ भनेका थिए । ’

अधिकारीहरूका अनुसार प्रहरीले उनीसँग पीडित महिलाबारे जानकारी मागेका छन् ताकि उनीहरूलाई सुरक्षा प्रदान गर्न सकियोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप