कलाकारलाई एक ढिक्का बनाएर अगाडि बढ्छु–अध्यक्ष निरौला
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका मोहन निरौलाले सम्पूर्ण कलाकारलाई एक ढिक्का बनाएर आफू अगाडि बढ्ने बताएका छन् । कलाकार संघको अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिने क्रममा उनले आफूसँग पराजित रेजिना उप्रेतीलाई पनि संघमा सम्मानपूर्वक समेट्ने प्रतिबद्धता जनाए ।
उनले उप्रेतीसँग अस्वस्थ प्रतिस्पर्धा र कटुता नभएको भन्दै अगामी दिनमा सहकार्य गरेर जान कुनै आपत्ति नरहेको धारणा राखे । ‘हामी पहिले पनि सँगै र अहिले पनि सँगैछौं । हामी मिलेर नै चलचित्र कलाकारहरुको वर्गीय हितमा लाग्नेछौं’, उनले भने । उनले आफूहरु विवादित रुपमा चुनावमा नउठेको धारणा समेत राखेका थिए ।
अध्यक्षमा पराजित उप्रेतीले पनि विजयी निरौलालाई बधाई दिँदै चुनावी नतिजा सामान्य रुपमा लिएको धारणा राख्दै संघको साथमा सधैं रहने बताइन् ।
‘दाईहरुलाई हेरेर म अगाडि बढेको हुँ । दाईसँग म यसरी एकसाथ उभिन पाउनु पनि मेरो सफलता हो,’ उनले थपिन् ‘मैले हारभन्दा पनि जितको रुपमा परिणत गरेर कलाकार संघलाई अगाडि बढाउनमा दाईसँग हातमा हात मिलाएर काम गर्नेछु ।’ उनले अध्यक्ष हारे पनि संघको सदस्य भएको नाताले संघका लागि गर्नुपर्ने कामहरुमा पछि नहट्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण