प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई कांग्रेसको ह्वीप
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ । संसद भवन नयाँबानेश्वरमा आइतवार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय दलले सरकारको पक्षमा मत दिने निर्णय गर्दै सांसदहरुलई ह्वीप जारी गरिएको बताए । प्रधानमन्त्री प्रचण्डले भोलि अर्थात सोमबार विश्वासको मत लिने तयारी छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिए पनि योबीचमा एमाले र राप्रपाले समर्थन फिर्ता लिँदा पुनः विश्वासको मत लिँदैछ । पुस १० मा सरकार बनाउँदा समर्थन गरेका एमाले र राप्रपा सरकारबाट पनि बाहिरिसकेका छन् ।
राष्ट्रपति निर्वाचनमा समीकरणले पुस १० को सत्ता समीकरण पनि फेरिएको छ । प्रतिपक्षमा रहेको कांग्रेस र एकीकृत समाजवादी सत्ता पक्षमा पुग्दा एमाले र राप्रपा प्रतिपक्षी कित्तामा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण