शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शंकरदेवमा ७ जना फर्जी मतदाता भेटिए

आइतबार, ०५ चैत २०७९, १४ : ५१
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । काठमाडौंको शंकरदेव क्याम्पसमा ७ जना फर्जी विद्यार्थी मतदाता भेटिएका छन् ।

स्ववियु चुनावमा मत हाल्न जानेक्रममा पक्राउ परेको अनेरास्ववियुका नेता नारायण घर्तीले बताए । 

उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।

नेविसंघले बागबजारमा छापेर बाडेका नक्कली कार्डहरू हुन् । अहिलेसम्म ७ जना फेला परेका छन् । प्रहरीले पक्राउ गरेका ७ जनालाई नै सिंहदरबार बृत्तमा राखिएको छ । 
उनीहरूको साथमा भेटिएको परिचयपत्रमा नाम एउटा छ भने फोटो अर्कैको राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप