प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे, मुख्यमन्त्री कार्कीविरुद्ध चर्को नाराबाजी
विराटनगर । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी समेत गरेका छन् । उनीहरुले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन् ।
प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् । तर, अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमै प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण