ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र ५ देखि ११ गते (तद्नुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ ।
यस योजनाको अन्त्यमा, बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउने बैंकले जनाएको छ ।
बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी (इ–कमर्श)लाई प्रवर्द्धन गर्नु भएको बताइएो छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण