दुई किसिमका मुद्दा शीघ्र सुनुवाइका लागि सर्वोच्चको आवश्यक निर्णय
आइतबार, ०५ चैत २०७९, १७ : २५
काठमाडौँ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलमा पेश भएका निवेदन र अन्तरिम आदेश खारेजसम्वन्धी निवेदनहरुको शीघ्र सुनुवाइको लागि आवश्यक निर्णय गरेको छ । सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले यसबारे आवश्यक निर्णय गरेको प्रवक्ता विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनका अनुसार अल्पकालिन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलका लागि पेसी चढेका र एक पक्षीय सुनुवाईबाट अन्तरिम आदेश जारी भई सो खारेज गर्न निवेदन परी विचाराधीन रहेका निवेदनको सुनुवाई र अभियान मुद्दा वाहेक अन्य समूहका मुद्दामा टप अप गर्ने गरी पेसी व्यवस्थापन गर्ने निर्णय भएको छ ।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११०ख बमोजिम गठित पेसी व्यवस्थापन निर्देशन समितिको चैत ३ गते बसेको बैठकले सो निर्णय गरेको पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण