शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई किसिमका मुद्दा शीघ्र सुनुवाइका लागि सर्वोच्चको आवश्यक निर्णय

आइतबार, ०५ चैत २०७९, १७ : २५
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलमा पेश भएका निवेदन र अन्तरिम आदेश खारेजसम्वन्धी निवेदनहरुको शीघ्र सुनुवाइको लागि आवश्यक निर्णय गरेको छ ।  सर्वोच्चको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले यसबारे आवश्यक निर्णय गरेको प्रवक्ता विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनका अनुसार अल्पकालिन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलका लागि पेसी चढेका र एक पक्षीय सुनुवाईबाट अन्तरिम आदेश जारी भई सो खारेज गर्न निवेदन परी विचाराधीन रहेका निवेदनको सुनुवाई र अभियान मुद्दा वाहेक अन्य समूहका मुद्दामा टप अप गर्ने गरी पेसी व्यवस्थापन गर्ने निर्णय भएको छ । 

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११०ख बमोजिम गठित पेसी व्यवस्थापन निर्देशन समितिको चैत ३ गते बसेको बैठकले सो निर्णय गरेको पौडेलको भनाइ छ ।

sarbochha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप