जिरी क्याम्पस : सभापतिमा अनेरास्ववियुकी खड्का, सचिवमा अखिल क्रान्तिकारीका जिरेल निर्वाचित
दोलखा । दोलखाको जिरी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन्। खड्का नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् ।
सचिवमा गठबन्धनतर्फ माओवादी निकट अखिल क्रान्तिकारीका उमेदवार लिला जिरेल निर्वाचित भए । उनले २३ मत प्राप्त गरि एमाले निकट विद्यार्थी संगठनबाट उम्मेदवार बनेका आङदावा शेर्पालाई पराजित गरेका हुन् ।
निर्वाचनमा सचिव पदबाहेक एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानलनै विजयी भएको छ । कोषाध्यक्षमा लक्ष्मी कार्की निर्वाचित भएकी छन् । उनले २३ मत प्राप्त गरेकी छन् । सदस्यहरुमा आकृति खड्का २३, कुशल कार्की २३ मत र सरोजकुमार जिरेलले २५ मत प्राप्त गरि विजयी भएका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियु समाजवादीले ८ मत प्राप्त गरेका छन् । दोलखामा आज ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । जसमध्ये त्रिपुरा क्याम्पसमा गठबन्धनको प्यानल र प्रताप सृमति क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलकै विजयी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण