आर्थिक परिसूचक सकारात्मक दिशातिर जाँदैछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको छोटो समयमा आर्थिक परिसूचकहरू सकारात्मक दिशातिर गइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले पुस ११ यता सरकारको जिम्मेवारी लिएयता आफूले गरेको सुधारका प्रयासबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
उनले सरकारले चालेका सकारात्मक कदमका कारण अर्थतन्त्रका क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘अर्थतन्त्रको पुनरुत्थान, केही आर्थिक परिसूचकमा सकारात्मक सङ्केत, तरलता सङ्कुचनमा सुधार, पर्यटनमा उत्साह, ब्याजदर घट्दै गएको छ ।’ त्यस्तै आफ्नो कार्यकालमा अनावश्यक खर्च कटौती र बजेटको पुर्न विन्यास, मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक, कूटनीतिक र आर्थिक नियोगलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको, सार्वजनिक सेवामा गुणस्तर देखिने गरी सुधारका काम सुरु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण