ठेकदारले राजस्व नबुझाएपछि कोल्हबी नगरपालिकाद्वारा उत्खनन बन्द
बारा। नदीजन्य पदार्थ उत्खनन गरेबापत ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम नबुझाएपछिकोल्हबी नगरपालिकाले खोला उत्खनन बन्द गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको लागि बकैया खोलाबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन गर्न ४ करोड १ हजार खोलाको ठेक्का लगाएको थियो ।
फागुन मसान्त भित्र बुझाउनुपर्ने किस्ताको राजस्व रकम नबुझाएपछि नगरपालिकाले चैत ३ गतेदेखि खोला बन्द गराएको हो । ‘ठेकदारले राजस्व रकम जम्मा नगरेसम्म खोला खन्ने अनुमति दिँदैनौ बरु नगरपालिकाले आफैले खोला उत्खनन गर्छ’कोल्हबी नगरपालिका प्रशासकीय प्रमुख मोहम्मद साविरले भने ।
नगरपालिकाले प्रसाईँ निर्माण सेवा प्रा.लि, रियन्स निर्माण सेवा प्रा.लि, सिद्धार्थ निर्माण सेवा प्रा.लि, राम दुलारी कन्स्ट्रक्सन प्रा.लि.जेभी कम्पनीसँग नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता गरेको हो । ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम र नबुझाएको र बैंक धरौटी समेत नराखेपछि नगरपालिकाले कारबाही पक्रिया अगाडी बढाएको प्रशासकीय प्रमुख साविरले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्षको लागि ५७ लाख ११ हजार ८३५ घन फिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम ३ करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो । बाराको १६ वटा पालिका मध्ये नदीजन्य पदार्थ उत्खनन गर्नेकोल्हबी नगरपालिका बाहेक जितपुरसिमरा र निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आफैले खोला खन्ने निर्णय गरेको छ । नदीजन्य पदार्थको ठेक्का वर्षेनी विवादमा परेपछि पालिका आफैले कार्यविधि बनाएर उत्खनन गर्ने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण