सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

ठेकदारले राजस्व नबुझाएपछि कोल्हबी नगरपालिकाद्वारा उत्खनन बन्द

सोमबार, ०६ चैत २०७९, १३ : ३८
सोमबार, ०६ चैत २०७९

बारा।  नदीजन्य पदार्थ उत्खनन गरेबापत ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम नबुझाएपछिकोल्हबी नगरपालिकाले खोला उत्खनन बन्द गरेको छ ।  नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको लागि बकैया खोलाबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन गर्न ४ करोड १ हजार  खोलाको ठेक्का लगाएको थियो ।

फागुन मसान्त भित्र बुझाउनुपर्ने  किस्ताको राजस्व रकम नबुझाएपछि नगरपालिकाले चैत ३ गतेदेखि खोला बन्द गराएको हो । ‘ठेकदारले राजस्व रकम जम्मा नगरेसम्म खोला खन्ने अनुमति दिँदैनौ बरु नगरपालिकाले आफैले खोला उत्खनन गर्छ’कोल्हबी नगरपालिका प्रशासकीय प्रमुख मोहम्मद साविरले भने ।

 

नगरपालिकाले प्रसाईँ निर्माण सेवा प्रा.लि, रियन्स निर्माण सेवा प्रा.लि, सिद्धार्थ निर्माण सेवा प्रा.लि, राम दुलारी कन्स्ट्रक्सन प्रा.लि.जेभी कम्पनीसँग नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता गरेको हो । ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम र नबुझाएको र बैंक धरौटी समेत नराखेपछि नगरपालिकाले कारबाही पक्रिया अगाडी बढाएको प्रशासकीय प्रमुख साविरले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षको लागि ५७ लाख ११ हजार ८३५ घन फिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम ३ करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो । बाराको १६ वटा पालिका मध्ये नदीजन्य पदार्थ उत्खनन गर्नेकोल्हबी नगरपालिका बाहेक जितपुरसिमरा र निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आफैले खोला खन्ने निर्णय गरेको छ । नदीजन्य पदार्थको ठेक्का वर्षेनी विवादमा परेपछि पालिका आफैले कार्यविधि बनाएर उत्खनन गर्ने  निर्णय गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप