सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन

सोमबार, ०६ चैत २०७९, १४ : २०
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरूलाई निर्देशन दिएका छन् । 

सोमवार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले प्रस्तुत विधेयकमा कुन कुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए । उनले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गरे । 

उनले भने, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ । एक तालमा बोलौँ । त्यो दरो हुन्छ । हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ । हामीले संसदको मर्यादा पालना गर्नुपर्छ । संसदमा अब विभिन्न विधेयकहरू आइरहेका छन् । हामी विधेयक त्रुटिरहित बनाउन चाहन्छौँ । देशका पक्षमा बनाउन चाहन्छौँ । जनताको पक्षमा बनाउन चाहन्छौँ । लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ । त्यस कारण हामीले संशोधन पनि हाल्छौँ । संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ । हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं । कुन कुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ । कस्तो संशोधन के भन्ने कुरामा छलफल गर्नेछौँ ।’

अध्यक्ष ओलीले सांसदहरूले आफूले रुचाएको समितिमा आफूले योगदान दिने गरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप