सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे संशोधनको तयारी थाल्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
सोमवार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीका सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले प्रस्तुत विधेयकमा कुन कुन बुँदामा बोल्ने भन्ने बारेमा संसदमा जानकारी गराइने र सो बारेमा आफूले गहन अध्ययन गरेर विधेयकमा संशोधन हाल्ने तयारी थाल्न निर्देशन दिए । उनले संसदमा पार्टीका सांसदहरुको एकै स्वर र एकै बोली हुनुपर्ने भन्दै आफ्नो आफ्नो तरिकाले नबोल्न पनि आग्रह गरे ।
उनले भने, ‘हामीले एकथरी बोल्ने हो, आफैँ आफैँ जान्ने भएर अनेकथरी भाषा ननिकालौँ, हामीले बोल्दा सबैले एक खालको बोलौँ । एक तालमा बोलौँ । त्यो दरो हुन्छ । हामीले आफ्नो संसदीय दलको मर्यादा राख्नुपर्छ । हामीले संसदको मर्यादा पालना गर्नुपर्छ । संसदमा अब विभिन्न विधेयकहरू आइरहेका छन् । हामी विधेयक त्रुटिरहित बनाउन चाहन्छौँ । देशका पक्षमा बनाउन चाहन्छौँ । जनताको पक्षमा बनाउन चाहन्छौँ । लोकतन्त्र, विकास, स्वच्छताको पक्षमा बनाउन चाहन्छौँ । त्यस कारण हामीले संशोधन पनि हाल्छौँ । संशोधन हालेर छलफल गरेर अघि बढ्छौँ । हामी टिआरसीको सम्बन्धमा यसरी नै संशोधन हालेर छलफल गर्छौं । कुन कुन बुँदाहरुमा छलफल गर्ने बताइन्छ, त्यही अनुसार टिपेर आउनुहोला, बिर्सिनसक्छौँ । कस्तो संशोधन के भन्ने कुरामा छलफल गर्नेछौँ ।’
अध्यक्ष ओलीले सांसदहरूले आफूले रुचाएको समितिमा आफूले योगदान दिने गरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण