आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : यो सहयात्रामा जानु थियो भने पुस १० को सहमति किन गर्नुभयो ?

सोमबार, ०६ चैत २०७९, १४ : १९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले  ‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?’, पौडेलले प्रश्न गर्दै भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’ उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने बताए । 

‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो’, पौडेलले भने, ‘त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ । जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ’, पौडेलले भने, ‘राष्ट्र राष्ट्रियता र संविधानको पक्षमा उभिनुपर्छ, आर्थिक समस्या समाधान गर्नुपर्छ भन्ने सर्तमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप