इलाममा चियाको पहिलो टिपाइ सुरु
इलाम । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो ।
चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ ।
चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रूपमा लिने गरिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग चैत लागेसँगै सुरु हुन्छ ।
इलामलगायत पूर्वका ११ हजार पाँच सय ६९ हेक्टरमा चिया खेती भइरहेको छ । कुल १४ हजार आठ सय ९८ साना किसान चिया खेतीमा सङ्लग्न छन् । हाल यस क्षेत्रमा एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण