बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डेले गरे वर्ल्डलिंकमा दुई अर्ब लगानी

सोमबार, ०६ चैत २०७९, २० : ५४
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्पयाक्ट फण्डले संयुक्त रुपमा दुई अर्ब लगानी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गरेका हुन् ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ भने डोल्मा इम्प्याक्ट फण्डले ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी गर्ने वल्र्डलिंकले जनाएको छ । वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट यसअघि सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको लगानी कम्पनीले भित्र्याइसकेको छ ।

world-link1

यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले जानकारी दिए ।

‘हाम्रा लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘यस क्षेत्रमा हाम्रो २७ वर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि यो लगानी हो भन्ने विश्वास रहेको छ’ ।” 

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रूपान्तरण गर्ने लक्ष्य राखेको उनको भनाइ छ । यसले अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडल बनाउन नेतृत्व अध्यक्ष अग्रवालले बताए ।

‘यो साझेदारीले जुनसुकै बेला र जहाँ पनि जडान गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको छ र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको छ,’ उनले भने । कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको जनाइएको छ । 

साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । धेरै हजार किलोमिटर फाइबर विछ्याएर यो हासिल गरिएको कम्पनीको भनाइ छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिने अध्यक्ष अग्रवालले बताए । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने तथा गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने उनको भनाइ छ । कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले वर्ल्डलिंकका अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीको सेवा विस्तार र प्रभावबाट प्रभावित भइरहेको बताए ।

world-link3

आफूहरुले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौं घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेको उनले बताए । ‘हाम्रो दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्नेछ,’ उनले भने ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वर्ल्डलिंकलाई गरेको सहयोग र सहकार्यले आफू गौरवान्वित भएको बताइन् । डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईका अनुसार छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका भनेको डिजिटल उद्योग नै हो । आफूहरुले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको उल्लेख गर्दै उनले एआई सेवाहरुमा मात्र ५ हजारभन्दा बढी नेपालको लागि गुणस्तरीय रोजगारी रहेको बताए ।

world-link4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप