हास्यव्यङ्ग्य अप्ठेरो विधा हो – गाम्नागे
काठमाडौँ । सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्य अप्ठेरो विधा भएको बताएका छन् । संसारमा रुने धेरै विधा भए पनि हाँस्ने विधा थोरै भएको उनको भनाई छ ।
सोमबार सकिएको छैटौँ निफमा समापन अगाडि ‘हास्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस भयो । जसमा गाम्नागेले ब्याङ्ग्यका विषयमा विभिन्न धारणा समेत राखेका थिए ।
‘संसारमा दुखका कुरा धेरै छन् । रुने कुरा धेरै छन् । तर हाँस्ने कुरा कम छन् । त्यस कारण यो हास्यव्यङ्ग्य अप्ठेरो विधा हो’ उनले भने ‘हाम्रा नेताहरूले जति धेरै खराब कुरा गर्छन्, त्यति नै हास्यव्यङ्ग्यको खुराक बन्छन् ।’ पीरमर्कामा नपारी हास्यव्यङ्ग्य गर्न सजिलो नभएको उनको भनाई रहेको थियो ।
कार्यक्रममा समालोचक डा. बिन्दु शर्माले हास्यव्यङ्ग्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गर्ने गरेको गुनासो गरिन् । ‘महिलाले निर्देशन गरे पनि महिलाको आत्मसम्मान बढाउने काम भएको छैन’ उनले भनिन् । फिल्ममा महिलाले पनि पुरुष सत्ता र पितृ सत्ताको मानसिकता त्याग्न नसकेको उनको धारणा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण