आगलागीमा घाइते भएका चार जनालाई भारत लगियो

सल्यान। यहाँको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ।
तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा आगलागी हुँदा घाइते भएका चार जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको हो।
घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेको थियो। त्यसपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
रेफर गरिएकाको अवस्था जटिल रहेको उनले जानकारी दिए। उनका अनुसार क्षेत्रमणि रानाको अवस्था भने सामान्य छ। गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
-
जनकपुरमा मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने
-
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन