शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जसवन्त पौडेल विजयी

मङ्गलबार, ०७ चैत २०७९, १५ : ४६
मङ्गलबार, ०७ चैत २०७९

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका जसवन्त पौडेल विजयी भएका छन् । 

उनले १६८९ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले ७८४ मत ल्याए । तेस्रो स्थानमा नेकपा एमाले निकट अनेरास्ववियुका नविन पहाडीले ५९२ मत पाए । 

स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन् । उनले ९३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी पूजा विश्वासले ७८६ मत ल्याएकी छिन् ।

स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोरा ११४३ मत ल्याएर विजयी भए भने अनेरास्ववियुका आरोग्य थापाले ९०२ मत पाए । 

यस्तै सदस्यहरूमा नेविसंघका ६ र अनेरास्ववियु एमालेका २ जना निर्वाचित भएका छन् । नेविसंघबाट अमीत मुखिया, दिपककुमार यादव, प्रज्जवल विष्ट, साहिल अन्सारी, रोशन पासवान र सुदिक्षा थापा मगर निर्वाचित भएका छन् । स्ववियु सदस्यमा अनेरास्ववियु एमालेबाट मन्दिप पोखरेल र केवल काफ्ले विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप