महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका जसवन्त पौडेल विजयी
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका जसवन्त पौडेल विजयी भएका छन् ।
उनले १६८९ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका रोहित यादवले ७८४ मत ल्याए । तेस्रो स्थानमा नेकपा एमाले निकट अनेरास्ववियुका नविन पहाडीले ५९२ मत पाए ।
स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन् । उनले ९३७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी पूजा विश्वासले ७८६ मत ल्याएकी छिन् ।
स्ववियुको कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहोरा ११४३ मत ल्याएर विजयी भए भने अनेरास्ववियुका आरोग्य थापाले ९०२ मत पाए ।
यस्तै सदस्यहरूमा नेविसंघका ६ र अनेरास्ववियु एमालेका २ जना निर्वाचित भएका छन् । नेविसंघबाट अमीत मुखिया, दिपककुमार यादव, प्रज्जवल विष्ट, साहिल अन्सारी, रोशन पासवान र सुदिक्षा थापा मगर निर्वाचित भएका छन् । स्ववियु सदस्यमा अनेरास्ववियु एमालेबाट मन्दिप पोखरेल र केवल काफ्ले विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण