शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा स्ववियु निर्वाचन: सभामुख घिमिरेको क्षेत्रमा अनेरास्ववियुको हार

मङ्गलबार, ०७ चैत २०७९, १६ : १८
मङ्गलबार, ०७ चैत २०७९

झापा । झापामा स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघले ५/५ वटामा जित निकालेका छन् । एमाले अखिलले ५ वटामा जित निकालेको भएपनि सभामुख देवराज घिमिरेको क्षेत्रका तीन क्याम्पसमा भने पराजय व्यहोर्नु परेको छ । 

झापामा हालसम्म ११ स्थानको नजिता सार्वजनिक भएको छ जसमा १ स्थान गरामनी बहुमुखी क्याम्पस बिर्तामोडमा भने सर्वसम्मत स्ववियुको नेतृत्व चयन भयो । बाँकी २ क्याम्पस गौरादह बहुमुखी र काँकडभिट्टा बहुमुखीमा भने पुन मतदान हुने भएको छ । सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र झापा २ मा रहेको शनिश्चरे क्याम्पस, कन्काई आदर्श क्याम्पस र इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा भने अखिलले हारेको छ । 

एमाले निकट अनेरास्ववियुले साबिक मेची अञ्चलको पुरानो र ठुलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको सभापतिमा सन्देश धमला ९६० मतका साथ निर्वाचित भएका छन् । अनेरास्ववियुबाटै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा चेतन आचार्य ४१४ मत ल्याएर विजयी भएका छन् । यस्तै बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप बर्देवा २०६ मतका साथ सभापतिमा  निर्वाचित हुँदा गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार ईस्तव हुसेनले ११८ मत ल्याएर विजयी भएका छन् । 

उता, गौरादह कृषि क्याम्पसमा पनि अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई विजयी भएका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सोविम न्यौपाने १ हजार ४४ मतका साथ विजयी भएका छन् । 

यसैगरी मेचीनगरको त्रिदेव क्याम्पसमा नेविसंघका अर्जुन गौतम २८१ मतसहित विजयी भएका छन् । यसैगरी बिर्तामोडको कन्काई आदर्श क्याम्पसमा नेविसंघका किरण गुरुङ ७६५ मतसहित विजयी भए । 

यसैगरी इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा नेविसंघकै पवन दाहालले ३ सय ९० मत ल्याएर निर्वाचित हुँदा शनिश्चरे बहुमुखी क्याम्पसमा पनि नेविसंघका विशाल थापाले २७७ मत सहित विजयी बने । 

झापाको एक क्याम्पस गरामनी बहुमुखी क्याम्पसमा भने नेतृत्व सर्वसम्मत भएको छ । झापाकै गौरादह बहुमुखी क्याम्पस र काँकडभिट्टा क्याम्पसमा भने स्ववियुको निर्वाचन स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप