बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मधेसी आयोगले मनायो चौथो स्थापना दिवस

मङ्गलबार, ०७ चैत २०७९, १७ : २२
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । मधेसी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ | संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारीहरु, विभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले आज एक विशेष समारोह गरी आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो |

२०७५ साल चैत ७ गते तत्कालिन राष्ट्रपति  विद्यादेवी भण्डारीको समुपस्थितिमा निवर्तमान  प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाबाट आयोगको प्रथम अध्यक्षको रुपमा डा.विजयकुमार दत्तले शपथ लिएर पदबहाली गरेपछि आयोगले हरेक वर्ष चैत्र ७ गतेको दिन आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ |

स्थापना दिवसको अवसरमा आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले मधेसी समुदायको समस्यालाई समाधान गर्न स्थापना भएको यो संवैधानिक निकायलाई भौतिक तथा आर्थिक रुपमा कमजोर बनाए  | सो प्रेस विज्ञप्तिमा आयोगले प्राप्त गरेको न्यून स्रोत साधन लाई नै उपयोग गरी मधेशी समुदायको थर सुचिकरण, मधेश प्रोफाइल निर्माण , मधेशी समुदायको राज्यमा पहुँच सम्बन्धी अध्ययन, लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु जस्ता महत्वपूर्ण कार्यहरु गरेको उल्लेख गरिएको छ | 

दत्तले आयोगमा प्राप्त संवेदनशील घटनाहरुको उजुरी प्रति आफू गम्भीर रहेको बताउँदै  आफै स्थलगत अनुगमनमा गएर समस्या समाधानको लागि सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिन गरेको समेत बताए |


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप