मधेसी आयोगले मनायो चौथो स्थापना दिवस
काठमाडौँ । मधेसी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ | संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारीहरु, विभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले आज एक विशेष समारोह गरी आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो |
२०७५ साल चैत ७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाबाट आयोगको प्रथम अध्यक्षको रुपमा डा.विजयकुमार दत्तले शपथ लिएर पदबहाली गरेपछि आयोगले हरेक वर्ष चैत्र ७ गतेको दिन आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ |
स्थापना दिवसको अवसरमा आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले मधेसी समुदायको समस्यालाई समाधान गर्न स्थापना भएको यो संवैधानिक निकायलाई भौतिक तथा आर्थिक रुपमा कमजोर बनाए | सो प्रेस विज्ञप्तिमा आयोगले प्राप्त गरेको न्यून स्रोत साधन लाई नै उपयोग गरी मधेशी समुदायको थर सुचिकरण, मधेश प्रोफाइल निर्माण , मधेशी समुदायको राज्यमा पहुँच सम्बन्धी अध्ययन, लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु जस्ता महत्वपूर्ण कार्यहरु गरेको उल्लेख गरिएको छ |
दत्तले आयोगमा प्राप्त संवेदनशील घटनाहरुको उजुरी प्रति आफू गम्भीर रहेको बताउँदै आफै स्थलगत अनुगमनमा गएर समस्या समाधानको लागि सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिन गरेको समेत बताए |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण