बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा शक्तिशाली भूकम्पको धक्का महसुश

मङ्गलबार, ०७ चैत २०७९, २३ : २७
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको झड्का महसुश भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो  । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १० बजेर १७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो । 

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ताहरु खटाउन लागिएको समचारमा जनाइएको छ । 

भूकम्पको धक्का अफगानिस्तान, भारत र पाकिस्तानसहित अरु छिमेकी देशहरुमा पनि महसुस गरिएको जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप