बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जुम्लाको पातारासी गाउँपालिका

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जुटेको छ। पहिले अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै विवाह भएको भन्दै परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको पातारासी गाउँपालिका-५ का वडा अध्यक्ष दत्तबहादुर बुढाले बताए।
वडा अध्यक्ष बुढाले भने -'अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझिसकेका छौ। बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको छ।'
पातारासी गाउँपालिका-५ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेश्नल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा यहीँ चैत १५ गते-५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन्।
मंगलबार जिल्ला समन्वय समितिका सदस्य धनसुर बुढा, वडा अध्यक्ष दत्तबहादुर बुढा, पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरी, डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउद, स्वास्थ्यकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो। अनुगमनको क्रममा ९५ प्रतिशत बालविवाह वडामा नभएको पाइएको अनुगमन टोलीले निष्कर्ष निकालेको छ।
पातारासी गाउँपालिका भरि ७ वडा छन्। अन्य वडा क्रमिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिने गिरीको भनाइ छ। जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा वडामध्ये हालसम्म कुनै पनि वडा बालविवाह मुक्त घोषणा हुन सकेका छैनन्। यो पहिलो वडा हुनेछ।
डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउदले बालविवाह गर्दा भोग्नु पर्ने कानुनी सजायको बारेमा जानकारी गराएका थिए। तथ्याङ्क अनुसार जुम्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको छ। पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने