नेविसंघले त्रिवि समिति अध्यक्षमा ३ जनालाई मनोनीत गरेको पत्र सार्वजनिक
बुधबार, ०८ चैत २०७९, १० : ३७
काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी तीन जनालाई दिएको खुलेको छ । चैत ७ गतेको मिति राखेर नेविसंघ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको हो ।
विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई नेविसंघले अध्यक्ष मनोनीत गरिएको पत्र दिएको छ। तीनवटै पत्रको बोधार्थ त्रिवि कीर्तिपुरलाई समेत दिइएको छ। अध्यक्ष शेर्पाले केही दिनमा नेविसंघ त्रिवि समिति मिलाउने बताए । अहिले तीनै जना आधिकारिक नभएको उनको भनाइ छ ।
त्रिवि समिति अध्यक्ष मनोनीत गरिएका तीनै जनालाई तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको उल्लेख छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण