आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मुख्यमन्त्रीले विश्वासको मत पेस गर्न बोलाइएको प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने

बुधबार, ०८ चैत २०७९, १४ : ४०
बुधबार, ०८ चैत २०७९

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरु आज कुनै पनि हालतमा बैठकमा उपस्थित हुन नसक्ने प्रस्ट पारे । उनका अनुसार कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् ।

प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । तर साढे २ बजेसम्म पनि कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गरेका छैनन् ।

कांग्रेस संसदीय दलका उपनेता चित्रकारले भने, ‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो, हाम्रा सांसद काठमाडौंमै छन् । आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना छैन ।’

आफूहरुले मुख्यमन्त्रीलाई चैत १० गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न सुझाव दिएको पनि उनले बताए । तर मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।

उनले आफूहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक रहेको र यसबिचमा केन्द्रबाट बागमती प्रदेशको नेतृत्व कांग्रेसले नै गर्ने निर्णय भएमा त्यसका लागि पनि तयार रहेको तर आजको बैठकमा भने सहभागी हुन नसक्ने प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप