मुख्यमन्त्रीले विश्वासको मत पेस गर्न बोलाइएको प्रदेशसभा बैठकमा कांग्रेस उपस्थित नहुने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरु आज कुनै पनि हालतमा बैठकमा उपस्थित हुन नसक्ने प्रस्ट पारे । उनका अनुसार कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् ।
प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । तर साढे २ बजेसम्म पनि कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गरेका छैनन् ।
कांग्रेस संसदीय दलका उपनेता चित्रकारले भने, ‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो, हाम्रा सांसद काठमाडौंमै छन् । आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना छैन ।’
आफूहरुले मुख्यमन्त्रीलाई चैत १० गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न सुझाव दिएको पनि उनले बताए । तर मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।
उनले आफूहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक रहेको र यसबिचमा केन्द्रबाट बागमती प्रदेशको नेतृत्व कांग्रेसले नै गर्ने निर्णय भएमा त्यसका लागि पनि तयार रहेको तर आजको बैठकमा भने सहभागी हुन नसक्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण