जसपाको विधान अधिवेशनमा प्रतिनिधि तोक्न तीन सदस्यीय कार्यदल गठन
बुधबार, ०८ चैत २०७९, १६ : १९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले विधान अधिवेशनमा सहभागी हुने विभिन्न पेशागत तथा भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले मुख्यतया दुई वटा निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिए । उनले वैशाख १० गते हुने तनहुँ, चितवन र बाराको उपनिर्वाचन प्रयोजनका लागि एक दुई दिनभित्रै दल दर्ता गर्ने निर्णय समेत गरेको बताए ।
‘यस्तै चैत २७ दखि २९ गते हुने विधान अधिवेशन सम्पन्न गर्न जिल्ला पेशागत संगठन, भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे यकिन गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको कार्यदल गठन गरेको छ’,बैठकको निर्णयबारे सुमनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण