सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाको बैठक बस्दै
बिहीबार, ०९ चैत २०७९, ०६ : ५१
काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बिहीबार अपरान्ह १ बजे बैठक बोलाइएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।
लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण