सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाको बैठक बस्दै

बिहीबार, ०९ चैत २०७९, ०६ : ५१
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बिहीबार अपरान्ह १ बजे बैठक बोलाइएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए । 

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप