चाँदीका गहना निर्यात गर्ने व्यवसायीलाई मासिक १ किलोग्रामको कोटा लागू नहुने
बिहीबार, ०९ चैत २०७९, ११ : ३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरगहना निर्यात गर्ने व्यवसायीलाई कोटा प्रणालीबाट लागू नहुने भएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७८ लाई संशोधन गर्दै चाँदीको गहना निर्यात गर्ने व्यवसायीले मागेजति चाँदी दिने व्यवस्था गरेको हो ।
हाल नेपालमा चाँदी बिक्री वितरण गर्ने व्यवसायीहरुलाई मासिक १ किलोग्राम सुन उपलब्ध हुँदै आएको छ । साना व्यवसायीहरुलाई दिइएको यो कोटा निर्यात गर्ने व्यवसायीलाई लागू नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
‘निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा उक्त मासिक १ किलोग्राम सीमा लागू हुने छैन,’ संशोधित परिपत्रमा उल्लेख छ । यससँगै नेपालको गरगहना निर्यात बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपालबाट सुनचाँदीबाट बनेका गरगहना निर्यात गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार