शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा सहभागी दलको सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छ : लोसपा

बिहीबार, ०९ चैत २०७९, १५ : ४१
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचन अघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँचै वर्ष टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताए । उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए ।

‘समसामयिक परिस्थति र राजनीति तथा सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । अहिले जुन कोर्ष करेक्शनको कुरा छ, अर्थात् प्रि इलेक्सन अनाउन्स अघिको गठबन्धन शुरु भएको छ, त्यति बेला नेपाली काँग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो’, उनले भने, ‘त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो, हामीलाई करिव करिव बहुमत आएको थियो ।’

नेता भण्डारीले गठबन्धनको घटक भएकाले आफ्नो पार्टी जिम्मेवार भएर अघि बढ्ने भन्दै  यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय गरेको बताए । ‘गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ । संगठन बिस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ । उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ । बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो’, भण्डारीको भनाइ छ ।

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताए । उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप