विराट गोल्ड कप सुरु
विराटनगर । विराटनगरको सहिद रंगशालामा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । अहिले उद्घाटन समारोह चलिरहेको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् । प्रतियोगिता भने साँझ ७ बजेदेखि सुरु हुने छ । आजको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटबल क्लब र नेपाल प्रहरीबीच हुनेछ ।
प्रतियोगिताको दोस्रो खेल चैत १० गते नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल चैत ११ गते सशस्त्र प्रहरी र भुटानको ड्रुक लयुल फुटबल क्लबबीच हुनेछ । यस्तै चैत १२ गते संकटा क्लब (एस.बी.एस.सी) र भारतको लुका सकर क्लबबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत १३ र १४ गते हुनेछ भने फाइनल खेल १६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशिमा ५ लाख वृद्धि गरेर २० लाख १५ हजार पुर्याएको हो । आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।
यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकेको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । सबै खेल प्रतियोगिता रात्रिकालीन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण