उपेन्द्र यादवकाविरुद्ध लोसपाले पनि बारामा उम्मेदवार उठाउने
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए । चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनमा लोसपाको सक्रिय सहभागिता हुनेछ । त्यसमध्ये बारामा आफ्नो उम्मेदवारी नै दिने तयारी भइरहको उनले बताए ।
यो विषयमा गठबन्धनमा छलफल हुन बाँकी नै छ । गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि मित्रवत प्रतिस्पर्धाका लागि भएपनि लोसपाले उम्मेदवारी दिने निर्णय गरेको छ । ‘अहिले उम्मेदवार निश्चित भएको छैन । उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन बाँकी नै छ’ झाले भने । सो क्षेत्रमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र लोसपाका बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहले उम्मेदवारी दिने चर्चा भइरहेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट भने अध्यक्ष उपेन्द्र यादवले नै सो क्षेत्रमा चुनाव लड्ने तयारी गरिरहेका छन् । सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सोही क्षेत्रबाट निर्वाचित भएर संसदमा आउने तयारी गरेका हुन् । तर यादवका विरुद्ध जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार उठाउने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण