शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अधिकारी र पीडित चलचित्र विकास बोर्ड सदस्यमा नियुक्त

शुक्रबार, १० चैत २०७९, १० : ३७
शुक्रबार, १० चैत २०७९

काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले उनीहरुलाई अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको हो । दुवैले नियुक्तिपत्र समेत बुझिसकेका छन् ।  दाङ निवासी केएल नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका केएलले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् ।

त्यस्तै चितवनका स्थानीय अधिकारी नेकपा माओवादी निकट सञ्चारकर्मी हुन् । उनी लामो समयदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । उनी चलचित्र पत्रकार संघ चितवन शाखाको निवर्तमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘पञ्चायत’ उनले निर्माण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप