अधिकारी र पीडित चलचित्र विकास बोर्ड सदस्यमा नियुक्त
शुक्रबार, १० चैत २०७९, १० : ३७
काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले उनीहरुलाई अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको हो । दुवैले नियुक्तिपत्र समेत बुझिसकेका छन् । दाङ निवासी केएल नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष समेत रहेका केएलले थारु भाषाको फिल्म ‘भुइँयार’ र ‘लावाजुनी’ को निर्देशन गरेका छन् ।
त्यस्तै चितवनका स्थानीय अधिकारी नेकपा माओवादी निकट सञ्चारकर्मी हुन् । उनी लामो समयदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । उनी चलचित्र पत्रकार संघ चितवन शाखाको निवर्तमान अध्यक्ष समेत हुन् । ओस्कारका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘पञ्चायत’ उनले निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण